एष्ट्रोनोभा फाउन्डेसन, फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलाजी प्रा।लि र एस्ट्रोबोटक नेपाल प्रा।लि कम्पनिले सयुक्त रुपमा फरक फरक विषयमा हेटौडा उपमहानगरपालिमा रहेको तुलसी मेयर मेमोरियल विद्यालय तथा नारायणी कलेजमा ११ दिने कार्यक्रम सम्पन्न भएको छ ।

समापन कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रमुख अतिथि रहेको कार्यक्रममा तुलसी मेयर मेमोरियल विद्यालय तथा नारायणी कलेजका फाउन्डर दिपक काफ्ले, मनोज कुमार यादव, गुल्मपती अमृत खड्का, फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी प्रा.लि.का संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारी र संस्थापक तथा सिइओ ई.विक्कि महत ज्यू , सिटिओ पावन प्रसाद भट्ट , एस्ट्रोबोटक नेपालका अध्यक्ष ई. उपेन्द्र ढुङ्गाना, डिकम माइक्रोसिस्टम प्रा.लि.का अध्यक्ष प्रकाश विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य बलराम पुडासैनी, लगायत अतिथि रहनु भएको थियो । समापन कार्यक्रम समारोहलाई सम्बोधन गर्दै मन्त्री मौत्तानले विज्ञान र प्रविधिको क्षेत्रमा इच्छा राख्ने विद्यार्थीहरु लक्षित कार्यशाला आयोजना गरेको भन्दै आयोजक लाई धन्यावाद व्यक्त गर्नु भएको छ । बागमती प्रदेश सरकारले पनि २०७९/०८० आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि युवा बैज्ञानिकहरुको लागि विभिन्न अनुसन्धानको लागि बजेट छुट्याएको जानकारी गराउनु भएको छ । कार्यक्रममा फेस्ट कम्पनिका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले अन्य प्रदेशमा पनि विज्ञान र प्रविधि सम्बन्धि कार्यक्रम गर्ने र अन्य संस्थाहरु सँग पनि सहकार्य गरेर अगाढी बड्ने र अनुसन्धान, नवाचार र आविष्कारलाई फोकस गरेर र शैक्षिक संस्थाहरुमा प्रविधि मेत्री बनाउनुको लागि निरन्तर काम गर्ने र अबको विद्यार्थीहरुले स्थितिगत्यात्मक भएर अगाढी बढ्नु पर्ने बताउनु भएको छ ।

त्यसै गरी एष्ट्रोनोभा फाउन्डेसनका अध्यक्ष किशन बास्तोलाले विद्यार्थीहरुको बुद्धि विकासमा कार्यशालाले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनीहरुलाई समस्या समाधान गर्ने, पढाइलाई व्यवहारिक सिकाइमा रुपान्तरण गर्दै उनीहरुको सामाजिक आर्थिक अवस्थालाई माथि उकास्ने लक्ष्य राखेर आयोजना गरेको बताउनु भएको छ ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिका का क्षेत्रमा भएका विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागि हुन भएको छ । कार्यक्रममा विभिन्न विषयहरु माथी छलफल गरिने भएको छ । कार्यक्रममा

– Drone Workshops –
maze solving robots –
3D Printing workshops –
Artificial intelligence (AI) –
Cloud Technology and use of Internet –
Computer Technology and Data Security –
Solar Observation – Lunar Observation –
Physics In Action –
Math’s In Action
यी विषयहरुमा फरक फरक विषयमा प्रशिक्षण भएको फेस्ट कम्पनी प्रा.लि.का संस्थापक तथा सिइओ ई. विक्कि महत ज्यूले बताउनु भएको छ । समापन कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई विभिन्न विद्याका पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा ई.विक्कि महत, प्रकास विष्ट, पावन प्रसाद भट्ट, दिपक काफ्ले लगायतले मनत्व राख्नु भएको थियो ।

११ दिने कार्यक्रममा फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलाजी प्रा.लि. र एस्ट्रोबोटक नेपाल प्रा.लि.ले प्रशिक्षण दिनु भएको थियो । एष्ट्रोनोभा फाउन्डेसन नेपालका अध्यक्ष किशन बास्तोला ज्यूको सभाध्यक्ष भएको कार्यक्रममा कार्यक्रमको सहजीकरण रामप्रसाद पण्डित ज्यूले गर्नु भएको थियो ।