fbpx

युगद्रष्टा डा. निर्मलमणि अधिकारीबारे जानकारी दिने ‘युगद्रष्टा एप’ सार्वजनिक

प्रविधि मार्फत युगद्रष्टा डा. निर्मलमणि अधिकारीबारे जानकारी दिन ‘युगद्रष्टा एप’ सार्वजनिक गरिएकाे छ ।  फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) ले ‘युगद्रष्टा एप’ निर्माण गरेकाे हाे । डा. निर्मलमणि अधिकारीद्धारा लिखित चर्चित पुस्तकलाई समेटेर फेस्टले उक्त एप सार्वजनिक गरेको हो ।

यससँगै युगद्रष्टा एप मार्फत अधिकारीद्धारा लिखित विभिन्न पुस्तक निःशुल्क पढ्न पाइने भएको छ । युग बोध गरी युगमा आइपर्ने समस्याको आँकलन गर्नुका साथै समस्याको समाधान पनि सुझाएका कारण डा. अधिकारीलाई युग निर्माण अभियान नेपालले ‘युगद्रष्टा’को रूपमा सम्मान गरेकाे छ ।

त्यसैले उक्त नाममै एप सार्वजनिक गरिएको फेस्टका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले बताएका छन् । उक्त एप कम्पनीका संस्थापक तथा सीईओ इन्जिनियर विक्कि महतको नेतृत्वमा निःशुल्क बनाइएको हो ।

सोडारीका अनुसार एपमा अधिकारीद्वारा लिखित नयाँ र वर्तमान समयमा सान्दर्भिक एक दर्जन भन्दा बढी पुस्तक निःशुल्क उपलब्ध गराइएको छ । जसमा माैलिक राजनीतिक सिद्धान्त राज्यराष्ट्र अवधारणा र सिद्धान्तकाे पहिलो संस्करण  नेपाली भाषा, नेपाल भाषा, भोजपुरी भाषा, मैथली भाषा, राज्यराष्ट्र द्रोस्रो संस्करण, महान् दार्शनिक कुमारिल भट्ट र भाट–मिमांसा–दर्शनको संक्षिप्त परिचय, वैज्ञानिक सत्य युगको आधारशीला जस्ता विभिन्न पुस्तक रहेका छन् ।

एपमा अधिकारीको परिचयका साथै उहाँले गरेका महत्वपूर्ण कार्यहरुको जानकारी समेत उपलब्ध छ । हालसम्म अधिकारीले गरेका प्राज्ञिक सोध तथा प्रतिपादित सिद्धान्तका बारेमा पनि एपमा जानकारी राखिएको कम्पनीले जनाएको छ । एप एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।

स्मरणीय छ युगद्रष्टा डा. निर्मलमणि अधिकारीले युग प्रवर्तन गरी वैज्ञानिक सत्ययुगको लक्ष्य लिएर जरोकिलो महाअभियानको संकल्प गर्नुभएको छ । जरोकिलो महाअभियानमा राजनीतिक पार्टी सहित एक दर्जन भन्दा धेरै संस्थाहरु दर्ता भएर काम गरिरहेका छन् । उहाँले प्रतिपादन गर्नुभएको सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, आधारशिला चतुष्टय, स्थितिगत्यात्मक प्रगतिवाद, सहृदयता अर्थतन्त्र लगायतका अवधारणले नेपालको पुनर्जागरण गरी नेपालको वर्तमान समस्याको समाधान गर्नु र अन्ततोगत्वा नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउने उद्देश्य लिएको छ ।

साथै फेस्ट कम्पनिले लकडाउनको बेला ४०० भन्दा धेरै विद्यार्थीहरुलाई अनलाइन मार्फत प्रोग्रामिङ ल्याङ्वेज सी र सी प्लस ल्लस निशूल्क पढाएको थियो । फेस्ट कम्पनिले नेपाली वर्णमाला, आदी डिजिटल एपहरु निशुल्क गुगल प्ले स्टोरमा सार्वजनिक गरिरहेकोे छ । फेस्ट कम्पनिले विभिन्न क्षेत्रसंग सम्बन्धित सफ्वेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटी सम्बन्धी जुनसुकै काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्था पनि गरिरहेको छ । फेस्ट कम्पनिले प्रविधिको क्षेत्रमा विगत ६ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेक संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारीे दिनुभएको छ ।

स्रोतः युगपत्र

Leave a Comment

Your email address will not be published. Required fields are marked *