fbpx

फेस्टको उद्घाटन

सञ्चारयोग पत्रिकामा प्रकाशित समाचार
मङ्सिर–माघ २०७६ साल

काठमाडौं ।
युगद्रष्टा डा. निर्मलमणि अधिकारीले अनुसन्धान, आविस्कार, नवाचार र नैतिकता विश्वको दियो विकासको आधार भएको बताउनुलागि आवश्यक भएको बताउनु भएको छ । फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनी (फेष्ट)को उद्घाटन समारोहमा जरो किलो महाअभियानका संकल्पकता डा. अधिकारीले सो कुरा बताउनु भएको हो । अहिलेको युग सूचना प्रविधिको युग भएको बताउनु हुँदै डा. अधिकारीले सूचनामा पनि डिजिटल सुचनाको युग भएको बताउनु भयो । मानिसहरु जंगलमा सिकार खेल्ने, कृषि गर्ने र औद्यगिक क्रान्ति पछि अहिले चौथो कान्तिको रुपमा सूचना समाज तर्फ अघि बढेको बताउनु भयो । युगको भाषा जसले बझ्छ उनीहरु नै अग्रणी बन्ने बताउँदै डा. अधिकारीले सूचना प्रविधिको क्षेत्रमा लागेर युगको भाषा आत्मसात गर्न सकेकोमा फेष्टका सञ्चालकहरुको प्रशंसा र सह्रहना व्यक्ति गर्दै सफलताको आशिर्वाद पनि प्रदान गुर्नभयो । कार्यक्रममा फेष्टका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द्र सोडारीको सभापतित्वमा संस्थाको कार्यकक्ष बानेश्वरमा सम्पन्न भएको थियो । बौद्धिक प्रतिस्पर्धाको युगमा शिक्षालाई आधुनिकरण गर्दै बिज्ञानका अविष्कार र प्रविधिलाई शिक्षाको विकासमा निम्ति काम गरिहरेको छ । पछिल्लो समयमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्रको रुपमा नै आइटी उद्योग उदाएको छ । आइटी क्षेत्रमा अहिले दिनदिनै नयाँ नयाँ अवसर सिर्जना भइरहेको छ । विभिन्न क्षेत्र संग सम्बन्धीत सफ्टवेयर डेभलपमेन्ट, वेबपेज डिजाइनर, डाटाबेस डिजाइनर,विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटी सम्बन्धी जुनसुकै काम परामर्श र यो वर्ष बाट विभिन्न किसिमका प्रोगामिङ ल्याङवेज तालिम दिएर , इन्टनसिप र जागिरको पनि व्यवस्था गरिएको सोडारीले बताउनु भएको छ । फेष्टले विगत ६ बर्ष देखि निरन्तर रुपमा आइटी क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको संस्थापक सदस्य तथा सिइओ विकि महतले जानकारी दिनुभएको छ । फेस्टमा लामो समय देखि आइटी क्षेत्रमा काम गरिरहेका अनुभवीहरुको समुहले काम गरिरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *